|
|
|
|
गजल -गिरिराज अधिकारी 'वासुदेव'
पदचापको डोबैपिच्छे किन लाग्छ ठेस साथी होसभन्दा बेहोसी नै किन लाग्छ बेस साथी ।
मेरै लागि नियतिले यति ठूलो खेल खेल्यो अतीतका याद अब लाग्छ अवशेष साथी ।
हिजोआज कत्ति फरक कस्तो चक्र समयको आफ्नै आँगन आफैँलाई लाग्छ परदेश साथी ।
घातप्रतिघातभित्र विश्वासको फूल झर्यो हृदय काट्ने तरबार लाग्न थाल्यो केस साथी ।
पीडाका खात लागी सगरमाथा बनिसके बसाइँ आऔँ अब हृदयको मदेस साथी । पिठुवा-५, देवकुञ्ज, चितवन फोन ०५६-५६०४४२
|